×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको सेयर लिलामीमा आउँदै, कहाँ जाने फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको सेयर लिलामीमा आउँदै, कहाँ जाने फारम भर्न ?

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २३ गतेदेखि सिभिल बैंकको सेयर लिलामीमा बिक्री खुला हुने भएको छ । बैंकले ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । जसमा बैंकले संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ बित्ता बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने चैत १ गतेसम्म तोकिएको छ । 
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको सिभिल बैंकले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म १०ः४ अनुपातमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता सेयर बिक्री खुला गरेको हो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
यो लिलामीमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको विरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी