
काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्धको सम्झना गर्दै आफु क्रान्तिकारी जनपरिषद् प्रमुख र माओवादी अध्यक्ष प्रचण्ड ‘सुप्रीम कमाण्डर’ भएको भन्दै सरकारको केहि निर्णयप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल ट्वीट गर्दै भट्टराई सरकारले धमाधम शान्ति सम्झौता विपरित सत्यनिरूपण र वेपत्ता आयोगहरूको काम नसकिदै विद्रोही पक्षबाट मारिएकालाई मात्र शहीद घोषणा कामप्रति प्रश्न उठाएका हुन् ।
भट्टरार्इले ट्वीट गर्दै भनेका छन्, ‘सरकारले धमाधम शान्ति सम्झौता विपरित सत्यनिरूपण र वेपत्ता आयोगहरूको काम नसकिदै विद्रोही पक्षबाट मारिएकालाई मात्र शहिद घोषणा गर्ने जुन काम गरिरहेको छ त्यसबारे जनयुद्धका कमाण्डर प्रचण्ड के भन्नुहुन्छ ? अन्यथा क्रान्तिकारी जनपरिषद्को प्रमुखको हैसियतले मैले जिम्मेवारी लिनुपर्ने हुन्छ !’
२०५८ सालपछि समानान्तर सत्ता र सरकारको रुपमा ‘संयुक्त क्रान्तिकारी जनपरिषद्’को घोषणा भएपछि भट्टराई त्यसको प्रमुख बनेका थिए। भट्टराई आज अलग पार्टी गठन गरेर बसेको भएपनि सरकारले शान्ति सम्झौता विपरित काम गरिरहेको भन्दै दशबर्षे जनयुद्धका सुप्रीम कमाण्डर प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।
यस्तै उनले सरकारले सहिद घोषणा मनोमानी ढंगले गरेको आरोप लगाए । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘के यो सरकारले वृहद शान्ति–सम्झौता एकपक्षीय रूपमा खारेज गरेको हो ? विद्रोही पक्षबाट मारिएका जति सबै शहीद तर सत्तापक्षबाट मारिएका चाहिं सबै अपराधी ? त्यसो भए अब दुर्गानन्द झा, यज्ञबहादुर थापा, गंगालालहरू अपराधी र राजा महेन्द्र–वीरेन्द्र,श्री ३ जुद्धका चाकर शहीद ? विनाशकाले विपरित बुद्धि ! ’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्