
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चार्टड एकाउन्टेन्सीको पढाइ सकेर काठमाडौँमा विभिन्न संस्थाहरुमा काम गरिरहेका ३ सिएहरुको समूहले कम्पनी ऐन मोबाइल एपमै हेर्न मिल्ने गरी एण्ड्रोइड एप्लिकेसनलाई बजारमा ल्याएका छन् । सिए अनुप घिमिरे, सिए गणेश सापकोटा र सिए सुमन न्यौपानेको समूहले उक्त मोबाइल एप बजारमा ल्याएका हुन्। नेपालको कम्पनी ऐन आवश्यक पर्ने प्रोफेसनल, विद्यार्थी लगायतलाई लक्षित गर्दै उक्त एप नेपाली बजारमा ल्याइएको उनीहरुको भनाइ छ ।
‘कम्पनी ऐन हामीलाई चाहिरहने कुरा हो । त्यसमाथि पनि त्यसमा भएका संसोधनहरूबारे हामीलाई जानकारी हुन आवश्यक छ । तर आजको दिनमा पीडीएफ फर्म्याटमा मात्र उपलब्ध रहेको उक्त ऐन हामीले पढ्न र बुझ्न सजिलो हुनेगरी मोबाइल एपमा ल्याएका छौं ।’ निर्माण समूहका अनुप घिमिरेले अर्थ सरोकारसँग भने । उनका अनुसार उक्त मोबाइल एपमा निकै सजिलो हुनेगरी ‘च्याप्टरवाइज’ ऐनहरुलाई सहज हुने गरी राखिएको छ ।
‘प्ले स्टोरमा अपलोड भएको केहि समयभित्रै निकै राम्रो रेस्पोन्स पाएका छौं ।’ समूहका अर्का सदस्य गणेश सापकोटा भन्छन्, ‘हाम्रो एप हालका लागि एण्ड्रोइड मोबाइलमा उपलब्ध छ । छिट्टै अव हामी आइओएसमा पनि जाँदैछौं ।’ उनका अनुसार केहि थप फिचरहरुसमेत उक्त एपमा थप्ने योजना छ ।
‘कम्पनी ऐन सम्बन्धि विभिन्न लेख, विभिन्न आर्थिक समाचारहरुलाई पनि जोड्ने प्रयास गरिरहेका छौं ।’ निर्माण समूहका अर्का सदस्य सुमन न्यौपाने भन्छन्, ‘हाम्रो मोबाइल एप सिए विद्यार्थी, व्यवस्थापन पढ्ने अन्य विद्यार्थी, रजिष्टर्ड अडिटर, सिए, कानुन व्यवसायी र कम्पनी ऐनबारे जानकारी आवश्यक पर्ने जो कोहीलाई निकै नै उपयोगी हुने विश्वास लिएका छौं ।
इन्जिनियर सागर चापागाईंको प्राविधिक सहयोगमा तयार उक्त एपमा विभिन्न संस्थाका उपयोगी लिंकहरु पनि राखिएका छन् । एण्ड्रोइड मोबाइलमा कम्पनी एक्ट २०६३ सर्च गरेर उक्त एप इन्स्टल गर्न सकिनेछ । एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ।
https://play.google.com/store/apps/details?id=com.github.sagar2093.companyact
https://play.google.com/store/apps/details?id=com.github.sagar2093.companyact
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्