×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेस र माओवादी केन्द्रले सँगै सामानुपातिक सूची बुझाउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काँग्रेस र माओवादी केन्द्रले सँगै सामानुपातिक सूची बुझाउँदै

Artha Sarokar

२९ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली काँग्रेस र माओवादी केन्द्र अाज समानुपातिक सांसदको सूची बुझाउने तयारी गरेका छन् ।
अाज अन्तिम दिन भएकोले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउने तयारीमा जुटेका छन् । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ ।
समानुपातिक सूचीको मापदण्डअनुसार सूची नअाए निर्वाचन अायोगले फेरि सच्चाउन भन्नेछ । सूचीलाई अन्तिम रुप दिन नेपाली काँग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ । यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी