×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली र प्रचण्डको वान टु वान भेटपछि एमाले-माकेमा खैलाबैला, श्रेष्ठ र नेपाल सडकमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओली र प्रचण्डको वान टु वान भेटपछि एमाले-माकेमा खैलाबैला, श्रेष्ठ र नेपाल सडकमा

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता सकिएको छ । पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी स्वराजले अन्तिम भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेकी थिइन् ।
विहीबारको डिनर ओलीले खुवाएका थिए भने शुक्रबार विहानको ब्रेकफास्ट प्रचण्डले दिएका थिए । अनि दिवा भोज प्रधानमन्त्रीले बालुवाटारमै दिएका थिए । स्वराजले राष्ट्रिपति विद्यादेवी भण्डारी र मधेसी दलका नेताहरुसँग पनि भेटवार्ता गरेकी थिइन् ।
विदेशमन्त्री स्वराजको भ्रमण बेमौसममा भएको भन्दै कुटनीतिक क्षेत्रबाट विरोध सुरुमै भएका थिए । नयाँ सरकार बन्नै लाग्दा स्वराजको भ्रमणलाई रोक्ने प्रयास पनि भएको थियो ।
भ्रमणको क्रममा भारतले नयाँ बन्ने सरकारका प्रधानमन्त्रीको रुपमा हेरिएका ओली र सहयात्री प्रचण्डलाई महत्व दिएको संकेत स्वराजको भेटबाटै देखिएको छ । दुबै अध्यक्षले भेटवार्ता गोप्य रुपमा नै गरे । ओली र प्रचण्डले गोप्य रुपमा स्वराजलाई भेटेको भन्दै एमाले र माओवादी केन्द्रभित्रको विरोध सडकमा पुगेको छ ।
एमालेले दिएको भनिएको डिनरमा ओली पक्षीय नेताहरुमात्रै सहभागी थिए । माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूहले गोप्य वार्ताको विरोध गरेका छन् । अरु नेताहरुलाई सहभागी नगराएर गरिएको भेटप्रति शंका पैदा गरेको बताएका छन् । एमाले नेताहरुले गोप्य भेटले पार्टी एकतालाई प्रभावित पारेको आरोप लगाएका छन् ।
विहीबार नै बसेको पार्टी एकता संयोजन समितिको बैठकमा स्वराजको भ्रमणबारे ओलीले दिएका जवाफबाटै नेता नेपाल, खनाल चकित परेका थिए । ओलीले आफूले नै स्वराजलाई बोलाएको बताएका थिए ।
एमालेभित्र जस्तै माओवादी केन्द्रमा पनि स्वराजको भेटबारे विवाद भएको छ । अध्यक्ष प्रचण्डले गोप्य भेटेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वराजको नेपाल भ्रमणको समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको प्रतिक्रिया दिएका छन् ।
श्रेष्ठले सामाजिक संजालमार्फत स्वराजको भ्रमण र नेताहरुको गोप्य भेटको विरोध गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी