Skip to content
LAXMI SUNRISE BANK

प्रदेश १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने

अर्थ सरोकार

काठमाडौँ – एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास असफल भएको छ। सोमबार बिहान बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट टुंगो लाग्ने देखिएको हो।
एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले प्रदेश १ को संसदीय दलमा त्रिकोणीय प्रतिस्पर्धा छ। प्रदेश इन्चार्ज भीम आचार्य, पूर्वमन्त्री शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दाबी गरेका छन्। वाम गठबन्धनको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ।
सहमति जुट्न नसकेपछि अब निर्वाचनबाट दलको नेता चयन गरिने सांसद शेरधन राईले बताए। निर्वाचनका लागि माघ २६ गतेको मिति तोकिएको समेत उनले जानकारी दिए। ‘उक्त निर्वाचनमा मेरो उम्मेदवारी रहन्छ,’ राईले नेपाल लाइभसँग भने। निर्वाचनका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK