
काठमाडौँ – एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास असफल भएको छ। सोमबार बिहान बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट टुंगो लाग्ने देखिएको हो।
एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले प्रदेश १ को संसदीय दलमा त्रिकोणीय प्रतिस्पर्धा छ। प्रदेश इन्चार्ज भीम आचार्य, पूर्वमन्त्री शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दाबी गरेका छन्। वाम गठबन्धनको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ।
सहमति जुट्न नसकेपछि अब निर्वाचनबाट दलको नेता चयन गरिने सांसद शेरधन राईले बताए। निर्वाचनका लागि माघ २६ गतेको मिति तोकिएको समेत उनले जानकारी दिए। ‘उक्त निर्वाचनमा मेरो उम्मेदवारी रहन्छ,’ राईले नेपाल लाइभसँग भने। निर्वाचनका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्