
चितवन – चितवन जिल्लाको खैरहनि नगरपालिका वडा नं ४ र ५ का निर्वाचित दुई जना वडा अध्यक्षको सवारी दुर्घटनामा परी निधन भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट निर्वाचनमा उठी बिजयी भएका वडा नम्वर ४ का अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष बिश्वबिजय बस्नेत सवार सवारी साधन आइतवार दुर्घटनामा परेको थियो। उपचारका क्रममा दुबै वडा अध्यक्षको सोमबार निधन भएको चितवन काँग्रेसले जनाएको छ ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शोक बक्तब्य जारी गर्दै नेपाली काँग्रेसका होनहार यूवा तथा लोकप्रिय जनप्रिय नेताको निधनले चितवन पार्टीलाई ठुलो क्षेती पुगेको बताएका छन्।
२ जना काँग्रेस नेता तथा निर्वाचित जनप्रतिनिधिको एकै दुर्घटनामा परी निधन भएपछि अहिले खैरहनी शोकमा रहेको सभापति श्रेष्ठले बताए। श्रेष्ठले शोक व्यक्त गर्दै दुबैप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्।
नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अहिले दुवै वडा अध्यक्ष प्रति श्रद्धाञ्जली दिन पार्टी कार्यालय र उनका आफन्तको घरमा जम्मा भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्