×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको राजीनामा लगतै ओलीले प्रधानमन्त्रीमा सपथ लिदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउवाको राजीनामा लगतै ओलीले प्रधानमन्त्रीमा सपथ लिदै

Artha Sarokar

३ फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – विहान ११ बजे राष्ट्रका नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्वोधन गर्दै राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेपछि वर्तमान सरकार स्वत बिघटन हुने भएपछि प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन् ।
प्रधानमन्त्री देउवाको राजीनामा पत्र बुधवार नै तय भइसकेको छ । राजीनामा दिनुभन्दा अगाडी देउवाले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको अन्तिम बैठक बोलाएका छन् । बैठकपछि उनले राजीनामा दिने प्रेस संयोजक गोविन्द परियारले बताए ।
देउवाले राजीनामा दिएलगतै राष्टपति बिद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा आजै नियुक्त गर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले आज दिउँसा ४ बजे ओलीलाई नयाँ प्रधानमन्त्रीको सपथ गराउने स्रोतले बताएको छ । देउवाले राजीनामा दिएको केही घण्टामै ओलीले सपथ लिने भएका छन् ।
बहुमतसहितको आफ्नो दावी पेश गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सितलनिवास पुगेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी