
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – धितोपत्र बोर्डले देवः विकास बैंकलाई ४०% हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ । बैंकले १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनमुति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यपिटल मार्केटले गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यसका लागि देवः ले हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ । देवः सहारा विकास बैंकलाई पनि एक्वायर गर्ने तयारीमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १४ करोड ६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्