काठमाडौँ- धेरैपछी काठमाडौँमा भूकम्प गएको छ । आज विहान झन्डै साँढे २ बजे तिर काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु डल्लु रहेको अपुष्ट खबर भएपनि भूकम्प मापन केन्द्रले आफ्नो वेव साइटमा कुनै विवरण अपडेट गरेको छैन ।
बेला बेला आउने भूकम्पले नेपालीहरु गत बैसाख १२ गतेको भूकम्प सम्झन बाध्य छन् ।