×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ जस अन्र्तगत पूर्वि क्षेत्रका डिलरहरुलाई भेला गरी एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । 
जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको थियो । साथै नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री टे«डर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । 
उक्त भव्य समारोहको बिच सम्पन्न भएको कार्यक्रममा डिलरहरुको उत्सुकतालाई देखेर यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा–प्रबन्धक सुरेश कुमार तिवारीले बताउनु भयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी