
काठमाडौं – काठमाडौंको विभिन्न स्थानबाट काठमाडौं प्रहरी परिसरले २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगर छन् ।
उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको छ । काठमाडौंका विभिन्न स्थानमा पसलहरुमा नक्कली नोटको प्रयोग गरी सामान खरिद गर्ने गरेको क्रम बढेको सुराकीका आधार परिसरले अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
यद्यपि, नक्कली नोट बनाउने गिरोह पक्राउ परेका छैनन् । पक्राउ परेका मध्ये नेमाले उक्त नोटहरु वीरगञ्जबाट ल्याएको बताएका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्