
राजविराज – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२ मा गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा परी रु पाँचलाख नगदसहि, अन्नपात, भाँडा वर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी आधा दर्जन पशुचौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्