×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्डको चैत ४ मा एजीएम हुँदै, ५०% बोनस दिने विशेष प्रस्ताव पेस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फरवार्डको चैत ४ मा एजीएम हुँदै, ५०% बोनस दिने विशेष प्रस्ताव पेस गर्दै

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत ४ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ । सभामा कम्पनीले ५०% बोनस सेयर वितरण गर्ने र १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।  कम्पनीले बोनसका लागि १० करोड रुपैयाँ र नगद लाभांशका लागि ३ करोड रुपैयाँ खर्च गर्नेछ । सभा गर्न फरवार्डले फागुन १७ गतेदेखि सभा हुने दिन (चैत ४ गते) सम्म बुक क्लोज गर्दैछ । यसकारण, फागुन १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बम्पर लाभांश पाउने छन् ।
सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३।७४ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । यस्तै, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको नियमावलिमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पेश हुँदैछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी