
काठमाडौँ – चुडामणि शर्माको घर घेराउ गर्ने नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको १६ दिनपछि रिहा गरेको छ । नेकपाका कार्यकर्ताहरुले राष्ट्रिय भ्रष्टाचारी घोषित शर्माको घर घेराउ गरी शर्माको सम्पत्ति राष्ट्रियकरण गर भन्ने ब्यानर राख्न गएकालाई प्रहरीले पक्राउ गरेका थिए ।
काठमाडौँ जिल्ला प्रसाशनले बुधबार उनीहरुलाई ५ लाख ६० हजार धरौटीमा रिहा गरेको नेकपाले जनाएको छ । गिरफ्तार नेकपाका कार्यकर्ताहरु सबै श्रम गरेर खाने न्यूनस्तरको आय भएका मजदुरहरु हुन् । प्रहरीले गिरफ्तार सबै २२ जनलाई एक मुष्ठमा ५ लाख ६० हजार धरौटी लिएर रिहा गरेको हो ।
गत माघ २३ गते भ्रष्टहरुमाथि कारबाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय योजना अनुसार आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठमा रहेको घर तोडफोड गरेका थिए ।
तोडफोडबाट शर्माको घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग ध्वस्त भएको थियो । घर तोडफोड र गेटमा झण्डा राखेको आरोपमा सोही दिन प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो ।
यता काठमाडौँ जिल्ला प्रसाशनले उनीहरुलाई कानुनी प्रावधान अनुसार नै जनही २५ हजार जति धरौटी लिएर रिहा गरिएको बताएको छ । उनीहरु धेरै जनालाई एकै पटक रिहा गर्दा र एकै पटक धरौटी लिँदा बढी लिएको जस्तो देखिएपनि नियम अनुसार लिएको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्