
काठमाडौं – नेकपा एमालेका एक कार्यकर्ताले अाफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटलाई लिएर गम्भीर असन्तुष्टि जाहेर गरेका छन् ।
गुणराज राईले अाफू एमाले भएको बताउँदै ओलीको कार्यशैली देखेर अाफू भारतको कुकुर भन्न बाध्य भएको बताएका छन् । उनले पार्टीका वरिष्ठ नेताहरुलाई नलिएरै एक्लै सुष्मा स्वराजलाई भेटेकोप्रति अापत्ति जनाएका छन् । उनले नेता माधव कुमार नेपाल र झलनाथ खनालको सुझाव समेत नलिएर सुटुक्क सोल्टी होटल पुगेर भेट्दा जनतालाई अपमान भएको बताएका छन् ।
एमाले कार्यकर्ता राईले सामाजिक संजाल फेसबुकमा लेख्छन्, ‘म नि नेकपा एमाले नै हो तर केपीज्यु तपाईँको कार्यशैली देखेर चाहीँ म नि भन्न बाध्य भए, भारतको कुकुर नै हो, तपाईँ नभए पार्टीका वरिष्ठ नेता माधब नेपाल झलनाथ खनाललाई सुझाब नलिइ सुटुक्क सोल्टी होटलमा भेट्ने के कारण थियो ? पार्टीको अध्यक्ष भएर यस्तै हो पारा ? तपाईँले जनताको अपमान गर्नु भएको छ, तपाईँहरु नेपालमा बसेर भारतको गुलामी गर्ने कुकुरहरु हो ।’
राइले अनलाइन डबलीको एउटा समाचारमा कमेन्ट गर्दै एमाले अध्यक्ष ओलीप्रति गम्भीर अारोप लगाएका हुन् ।

त्यस्तै राईको कुरालाई समर्थन गर्दै रुम्बा जयले लेखेका छन्, ‘नकली राष्ट्रवादी उखानेको सुरुवालनै खोलेर टाप कसेछन्नी सुष्माले। हैट इन्डियन महिलाद्वार नेपाली उखाने पुरुष बलत्कृत भएको देखियो।’ राजिव चन्द सोडारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रेस संयोजक मनहरी तिमिल्सिनाले लेखेको स्टाटस सही भएको बताएका छन् । उनी अगाडि लेख्छन्, ‘तिमिल्सेनाले जे बाेले सत्य बाेले जे लेखे रियल, दुनियाँले देखेकाे लेखे अन्तत् उखाने महाेदयकाे राष्ट्रवाद सुष्मा स्वराजकाे फरिया भेटियाे ।’
सोही समाचारमा जनी अहमद शेख भन्छन्, ‘कालो मान्छेलाई काले, होचोलाई डल्ले, कान नसुन्नेलाई बहिरो भनिदियो भने जसरी उ रिसाउछ त्यसरी नै ओलीलाई भनेपछि अनि ओली जि रिसाउदैनन त ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्