×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले-माओवादी सहमतिमा बूँदा नम्बर ६ बीचैमा गायब, किन भयो यस्तो ? के थियो त्यसमा?

PRIME CA

एमाले-माओवादी सहमतिमा बूँदा नम्बर ६ बीचैमा गायब, किन भयो यस्तो ? के थियो त्यसमा?

अर्थ सरोकार

७ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहितका ७ बुंदे सहमति तयार भएको हो । स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।
तर एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि भएको सात बूँदे सहमतिबाट एउटा बूँदा बीचैमा गायब भएको छ। गायब भएको बूँदाको सट्टामा अर्को बूँदा थपिएको छ। एमाले नेता प्रदीप ज्ञवालीका अनुसार खासमा प्रचण्ड र प्रधानमन्त्री ओलीले सात बूँदे सहमतिमा ठीक साढे १० बजे हस्ताक्षर गरेका थिए । तर राति ठीक १० बजेर ५९ मिनेटमा प्रचण्डको आधिकारिक वेबसाइट र ट्विटरमा सहमतिका ७ बूँदाहरु सार्वजनिक भयो। तर बाहिर आएको सहमति पत्र केहि फरक थियो । अर्थात बुँदा नम्बर ६ बीचैमा गायब भयो। अहिले उक्त वेव साइटमा सहमति पत्रमै जस्तो अपडेट गरिएको छ। 
प्रचण्डको वेबसाइटमा पहिले सार्वजनिक भएको सात बूँदे समझदारी-
आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल सात बुँदे समझदारी गरेको छ।
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।
यस्तो थियो बालुवाटारमा हस्ताक्षर भएको समझदारी फरक आफैं छुट्याउनुहोस् –
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: