Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

अर्थ सरोकार

ग्लोबल आइएमई बैंकले बुधबार देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको २०७४ फागुन ०२ गते बुधबार सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुन ज्यूले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK