Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

अर्थ सरोकार

ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार (माघ २९ गते) देखि रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे । 
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK