
ग्लोबल आइएमई बैंकले आइतबार एकै दिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नंं. १०, मनमैजु, काठमाण्डौ जिल्ला कै बूढानीलकण्ठ नगरपालिका वडा नंं. ६, हात्तिगौडा र डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । थप ६ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्