Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकद्धारा क्रिकेटर ऐरीलाई एक वर्षका लागि प्रायोजन

अर्थ सरोकार

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याए बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई एक वर्षको लाई प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको स्पट्र्स किट्स प्रदान गर्नेछ । 
बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए । उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।
समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए ।
सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे । साथै उनले दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंक लि.ले गरेको प्रयोजन प्रति खुशी व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK