Skip to content
LAXMI SUNRISE BANK

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीशले मुख खोले

अर्थ सरोकार

काठमाडौं – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूमाथि लागेको धम्कीको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । पछिल्ला दिनमा आफूमाथि आधारहीन आरोप लगाउने सिलसिलाबद्ध प्रयास भइरहेको उनको दाबी छ।
‘अहिलेको दुष्प्रचार ममाथि आधारहीन आरोप लगाउने शृंखलाको नयाँ अध्याय मात्र हो। मैले वा कुनै पनि संवैधानिक पदाधिकारीले कसैलाई ज्यानमार्ने धम्की टेलिफोनमा दिएको भए, त्यसको रेकर्ड, प्रमाण पनि होला,’ पराजुलीले भने, ‘यदि आरोप लगाउनेले, अन्य कसैले वा टेलिकमले प्रमाण देखाउन सके म सार्वजनिक जीवनबाट सन्न्यास लिएर जुनसुकै प्रायश्चित गर्न तयार छु।’
यसअघि वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट आफू असुरक्षित रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उनले सीडीओ कार्यालयमा सुरक्षाको माग गरेका छन्। पराजुलीले ‘ज्यानमार्ने’ भन्दै धम्की दिएको दाबी भण्डारीको छ। उ
नले डा. गोविन्द केसीको विषयमा सर्वोच्च अदालतमा बहसपैरवी गरेको आधारमा प्रतिशोध साँधी पुस २६ गते साँझ र गत बिहीबार फोनमार्फत धम्क्याएको दाबी निवेदनमा उल्लेख गरेका छन्। भण्डारीले ‘कल डिटेल्स’ सार्वजनिक गरिनुपर्ने माग गरेका छन्। – अन्न्पूर्ण पोस्टबाट 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK