- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५७ हजार १ सयमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ५६ हजार ६ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ५ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।