- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५७ हजार २ सयमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी पनि स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।