Skip to content
LAXMI SUNRISE BANK

‘जो चोर उसैको ठुलो स्वर’ भन्दै किरातीले प्रचण्डलाई हाने यस्तो झापड !

अर्थ सरोकार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । 
नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन‍् ।
विहीबार विज्ञप्ति निकालेर किरातीले माओवादी केन्द्रले गरेको कारवाही माओवाद र पहिचानको मुद्दामाथिको कारवाही भएको विज्ञप्तिमा उल्लेख छ । उनले माओवादी केन्द्रलाई दाहालको कम्पनीको भएको अारोप लगाउँदै कारवाही एकमनावादको पराकाष्ठा भएको बताएका छन् । उनले पार्टी पुर्नगठन गर्नुको कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइ गरिएको कारवाही दाहालकै विनाको बर्खिलाप भएको बताए।
पार्टी एमालेकरण भएको भन्दै नेकपा (माओवादी केन्द्र)को संयोजक भएर पार्टी पुर्नगठनमा लागेका किरातीले दाहालले नेतृत्व गरेको माकेमा नहरेको पनि विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनले प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झण्डा उठाउन पार्टी पंक्ति, वाइसीएल, जबस र मोर्चाहरुलाई अाह्वान गरेका छन् । किरातीले सहयोग गर्न सबैसँग अाग्रह गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले विहीबार विज्ञप्ति निकालेर किरातीसँगै नेता लोकेन्द्र विष्टमगर र अाहुतीलाई कारवाही गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK