×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारमा जान राजपा र फोरमबीच प्रतिष्पर्धा

PRIME CA
GLOBAL IME BANK

सरकारमा जान राजपा र फोरमबीच प्रतिष्पर्धा

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र मिलेर बहुमत सरकार बनाउने निश्चित भए पछि सरकारमा जान पाउने उदेश्यले निर्वाचनमा भाग लिँदै आन्दोलन छोडेका राजपा र फोरम यतिवेला सरकारमा जान खुट्टा उचालेर बसेका छन् । यो जनप्रहार साप्ताहिकमा खबर छ ।
एमाले नेताहरूले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग वारम्बार भेटघाट गरी सरकारमा आउन आग्रह गरेको सूचना वाहिरिएपछि राजपाका नेतामा छटपट्टी शुरू भएको छ । 
मधेशमा आन्दोलनरत ६ राजनीतिक दल गत बर्ष मिलेर गठन भएको राजपाका नेताहरूले जसरी पनि सत्तामा जानको लागि एमालेका शीर्ष नेतासँग वार्ताको प्रयास गरेका छन् । उनीहरूले एमालेले राजपालाई वाईपास गरी फोरमलाई मात्र सरकारमा लगे पुन मधेश आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । 
राजापाका नेताहरूले आफ्नो फेस सेभिडको लागि संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने प्रतिवद्धता एमाले र माओवादीबाट आएमा सरकारमा जाने योजना बनाएका छन् । फोरमले एमाले माओवादी गठबन्धनको सरकारमा आफूहरूलाई दुई मन्त्रालय उपलब्ध गराउन माग गरेका छन् । फोरमको यस्तो मागलाई एमाले नेताहरूले पुरा गर्न नसक्ने भन्दै एक मन्त्री र एक राज्यमन्त्री दिने प्रस्ताव अघि सारेका छन् । पहिले २ मन्त्रालय पाउने आशामा रहेको फोरमलाई पछिआएर एक उपप्रधानमन्त्री र एक राज्यमन्त्री दिने भनेपछि फोरम केही चिडिएको छ । एमालेले भने फोरमलाई नदिई उव्रिएको एक मन्त्रालयमा भने राजपाबाट एक मन्त्री र एक राज्यमन्त्री राख्ने योजना बनाएको छ । राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सरकारमा जाने बिषयमा सत्तारूढ दलसँग गम्भिर भएर वार्ता गर्न नसकेको भन्दै अन्यक्ष मण्डलका अन्य सदस्यहरूले आलोचना गरेका छन् । 
राजपाले ओली नेतृत्वको सरकारमा एक मन्त्री र एक राज्यमन्त्री पाएमा मन्त्रीमा शरतसिंह भण्डारी र राज्यमन्त्रीमा राजेन्द्र महतोको सिफारिसमा अर्को एक सांसदलाई मन्त्री बनाउने योजना बनाएका छन् । एमालेले सरकारमा राजपालाई नलिए एमाले बिरूद्ध २ नम्वर प्रदेशमा भण्डाफोर अभियान चलाउने र २ नम्वर प्रदेशको प्रदेश सभामा फोरमसँगको सम्वन्धसमेत तोड्ने योजनामा राजपाका नेता छन् । 
यता जसरी भएपनि मन्त्री बन्ने दाउमा रहेका राजपा अध्यक्षमण्डलका सदस्य अनिल झा भारतीय जनता पार्टीका नेता भगतसिंह कुसीयारीको शरणमा परेका छन् । उनी राजपाको अध्यक्ष मण्डलको बैठक छोडेर भारत भ्रमणमा निस्किएका छन् । 
स्रोतका अनुसार राजपाको आगामी वैशाख भित्र हुने पार्टीको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र महतोले उम्मेदवारी दिने भएका छन् । उनको पक्षमा शरतसिंह भण्डारी खुलेर लाग्ने भएका छन् । त्यस्तै, महन्थ ठाकुरको पक्षमा भने अनिल झा लाग्ने निश्चित छ । महेन्द्र राय र राजकिशोर यादवले भने अझैसम्म अध्यक्षलाई कसलाई सहयोग गर्ने भनेर धारणा बनाईसकेका छैनन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: