×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारको बैठकमै अर्थमन्त्री र उपाध्यक्ष रावलबीच पाखुरा सुर्कासुर्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालुवाटारको बैठकमै अर्थमन्त्री र उपाध्यक्ष रावलबीच पाखुरा सुर्कासुर्की

Artha Sarokar

२६ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा  दुई नेताबीच सुर्कासुर्की भएको छ ।दुई नेता अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका छन् ।
निर्देशक समितिबाट पास गराएमा मात्र मन्त्रिपरिषदबाट निर्णय गराउनु पर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा प्रवेश गरे ।
रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे । एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफ्रिएर’ आफू भएको ठाउँमा आएको रावलले बताए ।
‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिबाट किन निर्णय गर्नुपर्‍यो, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए ।
दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् । मन्त्रिपरिषदबाट निर्णय गर्नुअघि निर्देशक समितिमा सहमति नजुटाउनु कमजोरी भएको स्वीकार गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी