×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन बैंकको कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

Artha Sarokar

२ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५% र अनलाइन बाट सामान खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । 
नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुकभर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि पस मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको पस मेशिनहरुबाट सामान खरिद गर्दा लागू हुनेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी