Skip to content
LAXMI SUNRISE BANK

भारतको अर्को दादागिरी- दशगजामै भारतीय बस्ती र भन्सार कार्यालय

अर्थ सरोकार

सिरहा – लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन ।
दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् ।
जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए ।
‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’
आफूहरू वर्षांैदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK