
सिरहा – लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन ।
दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् ।
जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए ।
‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’
आफूहरू वर्षांैदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्