- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सान्जेन जलविधुत कम्पनीको आइपीओ शुक्रबारदेखि खुल्ला गरेका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ८७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् ।
सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।