
जनता बैंक नेपाललिमिटेडको शाखा विस्तारको निरन्तरताको रुपमा आज एकै साथ लेक साइड, पोखरा र अत्तरीया, कैलालीमा गरी २ शाखाहरुको समुद्घाटन सम्पन्न भएको छ । बैंकको लेक साइड शाखा ९३ औं र अत्तरीया शाखा ९४ औं हो । यि दुवै शाखाहरुबाट आजै देखि बैंकिङ्ग कारोवार सुरु भएको छ ।
लेक साइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख श्री मानबहादुर जि.सि. र बैंकका संचालक श्री रामबहादुर भण्डारीबाट रअत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख श्री हरिसिं साउद र संचालक श्री गौतम प्रसाद खनालबाट संयुक्त रुपमा समुद्घाटन सम्पन्न भयो ।
लेक साइड शाखाको समुद्घाटन कार्यक्रममा पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख श्री मान बहादुर जि.सि., संचालक श्री रामबहादुर भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र, पोखरा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य श्री यदुनाथ अधिकारी, नेपाल पर्यटन परिषदका स्किका उपाध्यक्ष भरतराज पराजुली र पोखरा लेखनाथ म.न.पा. वडा नं. ६ का वडा अध्यक्ष श्री जगत बहादुर पहरीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बैंकका संचालक श्री विनित कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी अत्तरीया शाखाको समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुखश्री हरिसिं साउद, बैंकका संचालक श्री संजिव न्यौपाने, उद्योग वाणिज्य संघ अत्तरीयका अध्यक्ष श्री ललित रोकायले मन्तब्य राख्नु भएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सागर कुमार घिमिरे समेतका उपस्थिति रहेको उद्घाटन कार्यक्रमको संचालन बैंकको नेपालगंज क्षत्रीय प्रमुख श्री ध्रुब कुमार पौडेलले गर्नु भएको थियो ।
जनता बैंक नेपाल लिमिटेडले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । बैंकको हाल रु. ५२ अर्ब ४४ करोड निक्षेप र रु. ४९अर्ब २४ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस शेयर वितरण गरे सगै चुक्ता पुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ । यस सगै राष्ट्र बैंकले तोकेको पुँजी सिमा पुरा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्