Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकको सहयोगमा निःशुल्क आँखा सिविर सम्पन्न

अर्थ सरोकार

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा सिविर सम्पन्न भएको हो । 
आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएका थिए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ, जहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् । सिविरमा करिव १०० विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । 
उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखा सिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम्सेवकको भूमिकामा सिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK