Skip to content
LAXMI SUNRISE BANK

जनता बैंक र सगरमाथा इन्स्युरेन्स कम्पनीबीच बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा आज  जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भयो ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK