×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले काठमाडौँको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । विहीबार एक कार्यक्रमका बीच प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम राज तिवारी तथा बैंकका अध्यक्ष हरी चन्द्र खड्काले संयुक्त रुपमा बैंकको ठमेल शाखाको उद्घाटन गरे । विहान ८ बजे बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा ठमेल सरसफाई कार्यक्रम गरी ९ बजे विधिवत रुपमा शाखा कार्यालय उद्घाटन गरिएको बैंकले जनाएको छ ।
यससँगै ज्योति विकास बैंकको शाखा संख्या ५० पुगेको छ । साथै, निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने बैंकको लक्ष्य रहेको छ । बैंकले १४ वटा एटिएम संचालन गरिरहेको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ । 
हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट रु. १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुगिसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी