×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावरको आइपीओ आइतबार बन्द हुँदै, यस्ता छन् फारम भर्ने ठाउँहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका पावरको आइपीओ आइतबार बन्द हुँदै, यस्ता छन् फारम भर्ने ठाउँहरु

Artha Sarokar

४ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका पावर कम्पनीले गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि खुला गरेको ६ लाख कित्ता आइपीओको बिक्री आइतबार बन्द हुँदैछ । कम्पनीले माघ २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । आइतबार बैंकिंग समयभित्र आइपिओमा आवेदन दिइसक्नुपर्छ । 
यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनी आयोजना स्थल चनौटे गोरखा तथा साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी