
काठमाडौँ – भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।
सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो । ती महिलाले उनका श्रीमान्ले बेलाबेलामा दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन् । परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो ।
भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीता सरकारले आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको बताएकी छन् । हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, मेरा श्रीमान्ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए ।
मेरो श्रीमान्ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए । महिनौँपछि फेरी उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्याएका थिए।
उपचारका क्रममा उनको दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन् । दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो । मैले त्यसपछि बुझेँ ‘किन मेरो श्रीमान्ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए,’ उनले हिन्दुस्तान टाइम्सलाई बताएकी छन्।
मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन् । द टेलिग्राफले प्रहरी निरीक्षक उदयशंकर घोषलाई उद्धृत गर्दै लेखेको छ, हामीले अवैध धन्धामा संलग्नता रहेको आशंका गरेका छौँ ।
मानव अंग प्रत्यारोपण प्रावधानअन्तर्गत हामीले मुद्दा दर्ता गरेका छौँ । हामीले तीन जनाविरुद्ध हत्या प्रयास र श्रीमतीलाई यातना दिएको अभियोग लगाएका छौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्