
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाली राजनीतिमा पछिल्लो समय सबैभन्दा बढी चर्चाको विषय केहि छ भने हो बाम एकता । तर यो ‘प्रोसेस’मा को अध्यक्ष बन्ने र को प्रधानमन्त्री बन्ने भन्ने कुराले हलो अड्किएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई एकतापछीको पार्टीको अध्यक्ष दिन केपी ओलीसँग आग्रह गर्दै त्यसो नगरे एकता सम्भव नरहेको बताएकी छिन् । प्रचण्डले नै यो कुराको आफै खुलासा गरेका हुन् । विद्यार्थीसंगको भेटमा नेताहरु समक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
उक्त बैठक राष्ट्रपति विद्यादेवी भण्डारीसँगको ६ घन्टे लन्च मिटिङको प्रशंग निकालेका थिए । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेको प्रशंग निकाल्दै प्रचण्डले विद्यार्थी नेतासँग भने, ‘राष्ट्रपतिज्यूले ओलीजीलाई तपाईं प्रधानमन्त्री बन्नुस्, प्रचण्डजीलाई पार्टी अध्यक्ष दिनुस् र मिलेर जानुस् भन्नुभयो ।’ भेटमा सहभागी एक विद्यार्थी नेताका अनुसार दुवै नेताले फागुनमा बैठक बसेर सहमति खोज्ने आश्वासन राष्ट्रपतिलाई दिएको प्रचण्डले जानकारी गराए । प्रचण्डलाई अध्यक्ष नदिए एकता धरापमा पर्ने भण्डारीको बुझाई रहेको स्रोतको भनाई छ । त्यसैले पनि भण्डारीले ओलीलाई पटकपटक बोलाएर छलफल गरिरहेकी छिन । भेटमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम र पञ्चा सिंहको सहभागीता थियो ।
उक्त बैठकका बीच विद्यार्थी नेता समक्ष प्रचण्डले एमाले–माओवादी एकता भाँड्न बाह्य शक्ति लागिपरेको बताएका थिए । एकताको कोर्ष अघि बढाउनु पर्यो, होइन भने पार्टीलाई कसरी सुरक्षित पार्न सकिन्छ नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्यो भन्ने विद्यार्थी नेताको सुझाव सुनेपछि प्रचण्डले ओलीमार्फत बाह्य शक्तिले पार्टी एकता हुन नदिन ठूलै चलखेल गरेको ब्रिफिङ गरेका थिए ।
‘पार्टी एकताप्रति अध्यक्षज्यू निकै सकारात्मक हुनुहुन्छ, उहाँ आजको भोलि पार्टी एकता गर्न परे पनि तयार हुनुहुन्छ तर, एकता भाँड्न विभिन्न पक्षले चलखेल गरेका कारण ढिला भइरहेको हामीले बुझ्यौँ,’ भेटमा सहभागी ती विद्यार्थी नेताले भने, ‘यसमा सायद ओली कार्डको प्रयोग भएको हुनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्