
गण्डकी विकास बैक लिमिटेडले रुपन्देही स्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक समुद्घाटन गरेको छ । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्ण वहादुर क्षेत्रीले र पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरे ।
प्रमुख अतिथिको मन्तब्य राख्दै कञ्चन गाउँपालिकाका प्रमुख गोकर्ण वहादुर क्षेत्रीले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बैक भएको र यसका शाखा सञ्जाल देशव्यापी रुपमा भएकोले यस क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताउँदै बैंकको सफलताको शुभकामना दिए । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गण्डकी विकास बैंक नेपालकै एक उत्कृष्ट बैंक भएकोले यसले दिने सेवा सुविधा पनि ग्राहकमुखी र उत्कृष्ट हुने विचार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकका सेवालाई विविधकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमको बारेमा प्रकाश पारे ।
बैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, एसएमएस बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को दोस्रो त्रैमासमा संचालन मुनाफा रु. ३२ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. १९ अर्ब ९२ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१७ अर्ब ५६ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ ।
बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैकले यसै आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा २६ वटा शाखाहरु थप गरी ७७ वटा शाखा पुर्याउने लक्ष्य लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्