
काठमाडौं – नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन् ।
उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे। क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने बताए ।
उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’ उन्ले देउवा सरकारले प्रकृिया नपुर्यार्इ गरिएका निर्णयहरू खबरेज हुने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्