×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवका कार्यकर्ताद्वारा काभ्रेमा १ हजार रोपनी जग्गा कब्जा, एमालेले पनि दिए साथ

PRIME CA

विप्लवका कार्यकर्ताद्वारा काभ्रेमा १ हजार रोपनी जग्गा कब्जा, एमालेले पनि दिए साथ

अर्थ सरोकार

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काभ्रे – नेपाल कम्युनिष्ट पार्टीले काभ्रेमा १ हजार रोपनी जग्गा कब्जा गरेको छ । दोलालघाट पारीको भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँबेसि माझी बस्तिको समथर भुभागमा रहेको जग्गा कब्जा गरिएको हो ।
नेकपाको ताम्सालिङ स्वायत्त प्रदेशको जनपरिसदले जग्गा कब्जामा लिएको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि केहीदिनयता देशको विभिन्न भागमा प्राकृति स्रोत साधन, नदिनाला, र सार्बजनिक जग्गाहरु अतिक्रमण तीब्र रूपमा बढिरहेकोले उक्त जग्गा आफ्नो कब्जामा लिनु परेको नेकपाले जनाएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको मिलोमतोमा भुमाफियाहरुले नदिनाला र सार्वजनिक जग्गाको बालुवा ढुङ्गा माटो उत्खनन दोहन गर्ने क्रम पनि तीब्र रूपमा बढेकोले यो क्षेत्र र जिल्लाहरूमा पनि यस प्रकारको अतिक्रमण ज्यादै बढीरहेको हुँदा त्यसको रोकथामका लागि आफुहरुले उक्त जग्गा कब्जामा राख्नु परेको नेकपाको भनाइ छ ।
उक्त सरकारी जग्गामा भुमाफिया, स्थानीय गुण्डागर्दी गर्ने समूह र सरकारी निकायको समेत मिलोमतोमा स्थानीय ठेकेदार गोपाल सेढाइले बालुवा र ढुंगा गिट्टी निकाल्ने क्रसर उद्योग खोल्न लागेको सूचना पाएको आधारमा जग्गा कब्जा गरिएको नहकुल चौलागाईले बताएका छन्।
चौलागाईका अनुसार ठेकेदारहरुको समुहले माझी बस्तीका स्थानीयवासीलाई धम्क्याउने, थर्काउने र बस्तीमा त्रास फैलाउने गरिरहेको छ । नेकपाको स्थानीय जनसत्ता प्रमुख मणिक लामाको नेतृत्वमा जग्गा कब्जामा लिएको नेकपाले जनाएको छ ।
उक्त जग्गा कब्जा कार्यक्रममा नेकपालाई काभ्रे काठमाडौं जनगणतान्त्रीक सम्पर्क मन्च र एमालेको स्थानीय पार्टी कमिटिले समेत सघाएको छ । जग्गा कब्जा कार्यक्रममा एमालेका वडा सदस्य लोकबहादुर माझि र स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: