Skip to content

लुम्बिनी विकास बैंकको हकप्रद भर्ने अन्तिम म्याद फागुन १६, अब ३ दिनमात्र समय बाँकी

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लुम्बिनी विकास बैंकको १०% हकप्रद भर्न अब समय ३ दिनमात्र बाँकी रहेको छ । लुम्बिनीले गत माघ ११ गतेदेखि १०ः१ अनुपातमा  १०० रुपैयाँ अंकित मूल्यको २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर फागुन १६ गतेसम्मका लागि बिक्री खुला गरेको हो ।हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । त्यसैगरी, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्