
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लुम्बिनी विकास बैंकले १०% हकप्रदमा आवेदन सिनको लागि ७ दिन म्याद थप गरेको छ । यस बैंकले एक हप्ता समय थप्दै हकप्रद भर्ने म्याद फागुन २३ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले माघ ११ गतेदेखि फागुन १६ गतेसम्मको लागि १०ः१ अनुपातमा २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । त्यसैगरी, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्