×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छे बैंक लिमिटेडको सि–आस्बा सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छे बैंक लिमिटेडको सि–आस्बा सेवा

Artha Sarokar

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

माछापुच्छे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टेशन नम्बर लिने व्यवस्थामिलाएको छ । मिति २०७४ फागुन ११ गते देखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो । यस व्यवस्था पश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्टेशन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्छन् । 
यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत अनुरोध गराएको छ । साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ । 
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंक देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी