×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने, उपप्रधानमन्त्री तथा गृहमन्त्री पक्‍का !

PRIME CA

बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने, उपप्रधानमन्त्री तथा गृहमन्त्री पक्‍का !

अर्थ सरोकार

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले अाज मन्त्री पठाउने तयारी गरेको छ । पार्टी एकता सम्बन्धि प्रारम्भीक सहमति पत्रका हस्ताक्षर भएपछि माओवादी केन्द्रले मन्त्रीको सरकारमा मन्त्री पठाउन लागेको हो ।
नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकार जाने माओवादी केन्द्रले तयारी गरेको छ । सरकारको नेतृत्व र गृहमन्त्रीमा धेरै नेताहरुले अाकांक्षा राखेका छन् । दोस्रो तहका नेताहरुबीच हानाथाप भएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता बादललाई नै नेतृत्व दिएर सरकारमा पठाउने तयारी गरेको एक नेताले बताए ।
नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्‍नेत, टोपबहादुर रायमाझी, मात्रिका यादवले सरकारमा पार्टीको तर्फबाट नेतृत्व दाबी गरेका थिए । उनीहरुबीच सहमति नभएको र एकलाई पठाउँदा अर्को चिढिने भएका कारण दाहालले बादललाई नै पठाउने निर्णयमा पुगेको स्रोतले बतायो ।
माओवादी केन्द्रले औपचारिक रुपमा निर्णय गरिसकेको छैन । अाजै साँझसम्म पठाउन सक्ने भएकोले बादल तयारी भएर बसेका छन् । तर एमालेले गृहमन्त्री दिन नचाहेका कारण माओवादी केन्द्र निर्णयमा पुग्‍न नसकेको बताइएको छ । मन्त्रालयको टुंगो लागे अाजै माकेले दुईदेखि तीन जना मन्त्री अाजै पठाउने छ ।
गृहमन्त्रीमा कुरा नमिलेर उपप्रधानसहित अरु कुनै मन्त्री बनाएर पनि बादलकै नेतृत्वमा सरकारमा पठाउने दाहालले गृहकार्य सुरु गरेका छन् । तर बादल निकट माओवादी केन्द्रका एक नेताले भने उपप्रधानसहित गृहमन्त्री बन्‍ने पक्का भएको दाबी गर्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: