
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चम्किलो प्रगति गरेको छ । महुलीले आर्थिक वर्षमा खुद नाफा २१.२८% वृद्धि भएर १ करोड ७६ लाख ९३ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष महुलीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने १०.९०% ले घटेर ६ करोड ४६ लाख ७८ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष महुलीले ७ करोड २५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सञ्चालन नाफा पनि २ करोड ३० लाख रुपैयाँबाट बढेर २ करोड ७२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको महुलीको जगेडा कोषमा १५ करोड २३ लाख ७६ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको जगेड कोष धेरै नै राम्रो हो । यता, कम्पनीको खराब कर्जा पनि थोरैले बढेर १.८५% कायम भएको छ । गत वर्ष खराब कर्जा १.४५% रहेको थियो । प्रोभिजनमा ४९ लाख ६७ हजार रुपैयाँ राखेको महुलीले ८ लाख ५१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ४७ पैसा रहेको महुलीको प्रतिसेयर नेटवर्थ पनि ५३० रुपैयाँ ९४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्