
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेपनि मन्त्री मण्डलको विस्तार आज नहुने भएको छ । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि आजका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको हो ।
एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहान वार्ता भएको थियो । आजै बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा रहेका थिए प्रधानमन्त्री ओली ।
तर मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै सकेन । संविधानले २५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ। तर, ओली–प्रचण्ड १८ को संख्यामा नबढाई मन्त्री मण्डल विस्तार गर्ने योजनामा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्