
काठमाडौँ – प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्र बहादुर शाही बन्ने सहमति भएको समाचार बाहिरिएपछि माओवादी केन्द्रमा लफडा सुरु भएको छ । समाचार बाहिरिएसँगै महेन्द्र बहादुर शाही समर्थकहरुले उनलाई बधाई दिन सुरु गरेका छन् ।
एकातिर शाहीले बधाई खाइरहेका छन् भने अर्को तिर मुख्यमन्त्रीका अर्का दाबेदार नरेश भण्डारी समर्थक नेता कार्यकर्ताहरुले त्यस्तो गलत निर्णय हुनै नसक्ने भन्दै ब्यापक बिरोध जनाएका छन् ।
उनका समर्थक शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुकमा ब्यापक बिरोध गरिरहेका बेला भण्डारी आफैले समेत फेसबुकमा स्टाटस लेखेका छन् । ‘गुप्त अँध्याराे काेठामा कसैकाे नाममा सहमति भएकै हाे भनेपनि अाैपचारिकता पूरा नगरी बधाई दिने र समाचार प्रकासन प्रसारण गर्ने हताराे नगर्दा उचित हाेला blog-post_98 कि ?’ उनले लेखेका छन् ।

उनको स्टाटसमा थुप्रै माओवादी नेता कार्यकर्ताहरुले प्रतिक्रिया दिइरहेका छन् । पार्टी अध्यक्ष प्रचण्डले त्यस्तो निर्णय गरेका भए त्यो निर्णय सिंगो कर्णालीकै लागी दुर्भाग्यपूर्ण निर्णय भएको उनीहरुले बताएका छन् । ‘संसदीय राजनीतिमा पावरकै खेल हुन्छ, नाटक मन्चन सकिएको होला त्यसैले प्रचारबाजी सुरु गरिएको हुन् सक्छ’ भन्दै भण्डारीका शुभचिन्तक समर्थनकर्ताहरुले आक्रोश पोखेका छन्।
कसैले उनको स्टाटसमा महेन्द्र साहीलाई मुख्य मन्त्री बनाउनु भनेको कर्णालीलाई सधै गरिबीको रेखामुनि राख्ने नियत भएको बताएका छन्। भण्डारीको स्टाटसमा रोचक र घोचक खालका कमेन्टको ओइरो लाग्ने क्रम जारी छ ।
यस्तै मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही बन्ने समचार बाहिर आएको बिषयमा इमान्दार मिडियासँग प्रतिक्रिया दिँदै मुख्यमन्त्रीका आंकाक्षी भण्डारीले प्रदेश नं ६ को मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाहीको नाम सिफारिस नगरेको दाबी गरेका छन्।
‘कर्णालीलाई मुख्य मन्त्री दिने भएपछि पार्टीको शिर्ष नेतृत्व पंक्ति र प्रदेश इन्चार्ज शक्ति बस्नेत लगाएत नेताहरूकाे सहमतिमा म प्रदेश सभामा अाएँ ।’ उनले इमान्दार मिडियासँगको कुराकानीमा भने, – ‘तर अहिले महेन्द्र जी मुख्यमन्त्री हुने भनेर समाचार आयो यो हल्ला मात्रै हो । समाचारमा आएको जस्तो निर्णय भएको छैन । पहिले पनि शिर्ष नेताहरुबीच सहमति भएको भनेर समाचारहरु आएका थिए । ति सबै गलत हुन् ।’
यस बिषयमा औपचारिकरुपमा निर्णय नभएको उनले बताएका छन् । कालिकोट क्षेत्र नम्बर १ ख बाट प्रदेश सभामा निर्वाचित शाही पूर्व उर्जामन्त्री समेत भएका ब्यक्ति हुन् । जनमुक्ति सेनाका विवादित पूर्व डिभिजन कमाण्डर समेत रहेका शाही माओवादी पोलिटब्युरो सदस्य छन् ।
माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति भएअनुसार शाही र भण्डारी बीच मुख्यमन्त्री हत्याउन लामो रस्साकस्सी चलेको छ । भण्डारी अघिल्लो संबिधानसभामा समेत जुम्लाबाट निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकालमा बहुप्रतिक्षित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए ।
महेन्द्र बहादुर शाहीले भने सभासद् र मन्त्री हुँदा कर्णालीका निम्ति खासै उल्लेख्य काम गर्न नसकेको माओवादी नेता कार्यकर्ताहरुको गुनासो रहेको छ । शाहीलाई मुख्यमन्त्री बनाउन माओवादीमा पछिल्लोसमय जनार्दन शर्मा, शक्ति बहादुर बस्नेत र शाही स्वयमले प्रचण्डलाई निकै दवावमा दिइरहेको हल्ला भने हल्ला यसअघि नै बाहिर आइसकेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्