
देश विदेशमा हुने विभिन्न कार्यक्रम र ‘इभेन्ट’ हरुमा हामी मिडिया पार्टनरको भूमिकामा निर्वाह गरिरहेका छौं । यसो त अर्थ सरोकार डटकमले छोटो समयमै पाएको लोकप्रियतासँगै देश तथा विदेशमा आयोजना भएका विभिन्न ‘इभेन्ट’मा अर्थ सरोकार डटकमलाई मिडिया पार्टनरको रुपमा लिन चाहाने इभेन्ट कम्पनीको संख्या बढ्दैछ । दुवै पक्षलाई फाइदा हुने गरी र आम पाठकलाई सु-सुचित हुने गरी हामी विभिन्न इभेन्टहरुमा मिडिया पार्टनरको भूमिका खेलिरहेका छौं ।
यसै क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले नमुना बस्तीको सहयोगार्थ मेरो इभेन्ट्स अष्ट्रेलियासँग गरेको कार्यक्रममा होस् वा एसीसीए र काठमाडौँ युनिभार्सीटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) ले संयुक्त रुपमा गरेको कार्यक्रम होस्, हामीले मिडिया पार्टनरको सम्मानजनक भूमिका निर्वाह गरेका छौं । यस्तै मोफसलमा आयोजना भएको वादविवाद प्रतियोगीता होस् वा काठमाडौँ, पोखरा लगायतका शहरहरुमा आयोजना हुने विभिन्न तालिमहरुमा हामी मिडिया पार्टनरको भूमिका निर्वाह गरिरहेका छौं । यस्तै नेपालमा भएको पहिलो सीइओ समिटमा पनि हामी मिडिया पार्टनरको रुपमा छौं । अन्य थुप्रै कार्यक्रममा पनि हामीले आम पाठकलाई फाइदा हुने गरी विभिन्न जनतालाई उक्त कार्यक्रमका बारे जानकारी दिने र अर्थ सरोकार डटकमलाई पनि इभेन्टमा सहभागी हुने नागरिकका समक्ष पुर्याउने जमर्को हामीले गरिरहेका छौं ।
तपाईं पनि कुनै इभेन्ट गर्दैहुनुहुन्छ र हामी मिडिया पार्टनर बन्दा हामी दुवै पक्ष र हाम्रा आम पाठकलाई फाइदा हुन्छ भने हामी सहकार्य गर्न तयार छौं । त्यसका लागि हामीलाई हाम्रो सीधा नम्बर ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
इभेन्ट : ‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’
काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक विशेष सेमिनारमा अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा उपस्थित थियो । २३ डिसेम्बर, २०१७ मा आयोजना भएको उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त, आइएफआरएस परामर्शदाता जगदीश भट्टराई र कर्पोरेट फ्रडका अन्तराष्ट्रिय बिज्ञ एन. श्रीनिभासनले विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

इभेन्ट : अल्टिमेट डिबेट च्यालेन्ज, चितवन
नेपाल डायरिज प्रालिले चितवनमा आयोजना गरेको अल्टिमेट डिबेट च्यालेन्ज नेपालकै लागि सम्भवत: यो स्तरको कार्यक्रमको पहिलो अनुभव हुनुपर्छ । चितवनका होनहार विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अर्थ सरोकार डटकम र अर्थ सरोकार डटकम सञ्चालक कम्पनीले नै सञ्चालन गरेको अनलाइन सिए सरोकार डटकम मिडिया पार्टनरको भूमिकामा थिए ।

इभेन्ट : धुर्मुस सुन्तली साँझ २०१७
मेरो इभेन्ट्स अष्ट्रेलियाले आयोजना गरेको धुर्मुस सुन्तली साँझ २०१७ मा पनि हामी मिडिया पार्टनरका रुपमा थियौं । धुर्मुस सुन्तलीले गरिरहेको महान कामको प्रशंसा गर्दै हामीले यो इभेन्टमा ‘मिडिया सहकार्य’ गरेका हौँ । उक्त कार्यक्रम १४ फेब्रुवरी, २०१७ मा अष्ट्रेलियामा आयोजना भएको थियो ।
विभिन्न सेयर बजार सम्बन्धि तालिममा हाम्रो सहभागीता
यसका साथै काठमाडौँ र मोफसलमा आयोजना हुने विभिन्न सेयर बजार सम्बन्धि तालिममा हामीले हाम्रो सक्रिय भूमिका प्रस्तुत गरिरहेका छौं । हामी मोफसल र दुरदराजमा आयोजना भएका कार्यक्रमहरुलाई नि:शुल्क प्रवर्दन गर्ने र काठमाडौँमा आयोजना हुने तालिमहरुमा आफ्नो सहभागीता जनाउने गरिरहेका छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्