×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकमा ‘अराजकता’को पराकाष्टा, बोर्ड बैठकको अडियो रेकर्ड नै राष्ट्र बैंक पुगेपछि भयो यस्तो ‘बबाल’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंकमा ‘अराजकता’को पराकाष्टा, बोर्ड बैठकको अडियो रेकर्ड नै राष्ट्र बैंक पुगेपछि भयो यस्तो ‘बबाल’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंकमा अराजकताले पराकाष्टा नाघ्न थालेको छ । बैंकका सञ्चालक समितिका सदस्यले बोर्डमा भएका सबै कुराकानी, वादविवादसहितको अडियो रेकर्ड नेपाल राष्ट्र बैंकमा बुझाएको खबर छ । अर्थ सरोकार डटकमलाई विशेष स्रोतले दिएको जानकारी अनुसार केहि दिनअघि बसेको बैठकको सम्पूर्ण अडियो रेकर्ड नेपाल राष्ट्र बैंकमा पुगेको छ । बैठकमा चर्चा भएका विषयलाई निर्णयमा नपुर्याई गलत माइन्यूट भएको भन्दै उक्त रेकर्ड राष्ट्र बैंकमा मेगाका एक सदस्यले पुर्याएको बुझिएको छ । यद्यपी उक्त रेकर्ड कसले, के प्रयोजनका लागि बुझायो भन्ने तथ्य पुष्टी भने भएको छैन । यसअघि बैंकका सम्पूर्ण माइन्यूट र केहि रेकर्डहरु मिडियासम्म पुग्ने गरेको चर्चा चलेको थियो । तर यसपाली उक्त रेकर्ड ‘रेगुलेटर’ समक्ष नै पुगेपछि यसले बैंकको आन्तरिक गोपनियता र त्यसलाई टेकेर राष्ट्र बैंकले चाल्न सक्ने कुनै पनि कदम सकारात्मक वा नाकारात्मक दुवै हुन सक्ने विश्लेषण गरिएको छ ।

कसले पुर्यायो उक्त रेकर्ड नेपाल राष्ट्र बैंकमा ?
यता उक्त रेकर्ड नेपाल राष्ट्र बैंकमा कसले पुर्यायो भन्ने यकिन भने भएको छैन । यद्यपी जुन बैठकमा सञ्चालकद्वय दीपेन्द्र अग्रवाल र सीएन पाण्डेको कार्यकाल सकिएको भनी माइन्यूट गरिएको छ, सोहि बैठकको अडियो रेकर्ड राष्ट्र बैंक पुगेपछि बैंकमा संचालक नरहेका निर्देशकमध्ये कसैको काम हुन सक्ने अड्कल काटिएको छ । यहि विषयलाई लिएर मेगामा दोषारोपणको कामसमेत सुरु भएको छ । 
‘यस्तो काम दीपेन्द्र अग्रवालबाहेक कसले गर्छ र ?’ बैंक सञ्चालक समितिका अर्का एक सदस्यले अर्थ सरोकारसँग भने, ‘अव यो कुरा खुलेर भन्न मिलेन, के गर्नु ? कुरा उठायो भने मैमाथि जाइलाग्लान् भन्ने पीर छ ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती सञ्चालकले भने, ‘यसअघि पनि विभिन्न मिडियामा ती साथीले बोर्डको रेकर्डनै पुर्याएको कुरा सुनिएको थियो । अव राष्ट्र बैंकलाई नै बुझाएर के गर्न खोजेका हुन्, थाहा छैन ।’
यता दीपेन्द्र अग्रवालले भने आफुले त्यस्तो काम नगरेको दावी गरेका छन् । के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने कुरा मलाइ राम्रोसँग थाहा छ । ममाथि अन्याय भएको छ । तर बोर्ड बैठकको अडियो मैले रेकर्ड गरेको होइन ।’ दीपेन्द्र अग्रवालले अर्थ सरोकारसँग भने, ‘रेकर्ड कसले नेपाल राष्ट्र बैंकमा पुर्यायो भन्ने कुरा विस्तारै पक्कै खुल्नेछ।’ यसो त यता नेपाल राष्ट्र बैंकमा समेत यो कुराले चर्चा पाएको छ । यतिसम्मकि मेगा बैंकका कम्पनी सचिवले त यो काम गरेनन् ? भनेर समेत नेपाल राष्ट्र बैंकमा चर्चा हुन थालेको स्रोतको दावी छ । 
यता मेगा बैंकका कम्पनी सचिव तुलसी राम पोखरेलले भने यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ‘अडियो रेकर्ड भएको पनि थाहा छैन । राष्ट्र बैंकमा पुगेको भन्ने पनि थाहा छैन । यस विषयमा त मलाइ केहि पनि थाहा छैन ।’ बैंकका कम्पनी सचिव पोखरेलले अर्थ सरोकारसँग भने ।
यस्तो अराजक काम गर्नेलाई कारवाही हुँदैन ?
जसले गरेको भएपनि यो काम अराजक काम हो भन्ने कुरामा कुनै शंका छैन । यस विषयमा हामीले मेगा बैंकका सञ्चालक गोपाल खनाललाई, ‘नेपाल राष्ट्र बैंकसम्म बोर्ड बैठकको अडियो पुर्याउनेलाई कार्वाही गर्न सक्नुहुन्न ?’ भनी प्रश्न गर्दा उनले भने, ‘अव यो रेकर्ड गएको भन्ने थाहा भएको छ । तर राष्ट्र बैंकले हामीलाई यस्तो आयो, किन आयो, कसरी आयो भनेर सोधेको छैन । नेपाल राष्ट्र बैंकले उक्त अडियोबारे सोध्छ भन्ने हाम्रो अपेक्षा छ । त्यसपछि कसलाई कस्तो कारवाही गर्नुपर्ने हो, त्यसको बारेमा सोच्नुपर्छ ।’          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: