×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिआरआर ‘मेन्टेन’ गर्न नसक्दा मेगा र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले गर्यो कारवाही, तिराइयो नगद जरिवाना !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

सिआरआर ‘मेन्टेन’ गर्न नसक्दा मेगा र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले गर्यो कारवाही, तिराइयो नगद जरिवाना !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तोकेको सीआरआर ‘मेन्टेन’ गर्न नसक्दा राष्ट्र बैंकले २ वाणिज्य बैंकलाई नगद जरिवाना सहितको कारवाही गरेको छ । रास्ट्र बैंकले सीआरआर नपुर्याउने लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गरेको हो । 
राष्ट्र बैंकले लक्ष्मी बैंकलाई ५ लाख ४० हजार २ सय २४ रुपैयाँ र मेगा बैंकलाई २ लाख २६ हजार ९ सय ७८ रुपैयाँ जरिवाना गरेको हो । साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गणना हुने सीआरआर नपुर्याउने अन्य केहि बैंकलाई पनि कारवाहीको तयारी राष्ट्र बैंकले गरेको छ ।
 
राष्ट्र बैंकको नियमअनुसार  वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेपको ६ प्रतिशत रकम अनिवार्य नगद मौज्दातका रूपमा राष्ट्र बैंकमा राख्नुपर्छ ।  सो रकम पनि राख्न नसकेपछी यी दुइ बैंक राष्ट्र बैंकको कारवाहीमा पारेका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: